सुनको मूल्य तोलामा ५ सय घट्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य तोलामा ५ सय घट्यो


१७ कार्तिक २०७८, बुधबार


काठमाडौँ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि यहाँ पनि मूल्य घटेको हो ।

महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार आज (बुधबार) प्रतितोला सुनको भाउ ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो (मंगलबार) भने प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ । मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस