अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुत बनाउँछ : अर्थमन्त्री शर्मा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुत बनाउँछ : अर्थमन्त्री शर्मा


१७ कार्तिक २०७८, बुधबार


किमाथाङ्का । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुत बनाउने बताए ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए ।

नेपालको अर्थतन्त्र मजबुत बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उनले जानकारी दिए ।

‘अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दै छ’, मन्त्री शर्माले भने । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उनले प्रतिबद्धता जनाए ।

अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस