९ बजेसम्म मात्र देउसी भैलो खेल्न काठमाडौँ प्रशासनको आदेश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

९ बजेसम्म मात्र देउसी भैलो खेल्न काठमाडौँ प्रशासनको आदेश


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँ जिल्लामा राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न पाइने सूचना जारी गरेको हो ।

पटाका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशील पदार्थ उत्पादन, ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्नसमेत प्रशासनले निर्देशन दिएको छ ।

देउसी भैलो खेल्दा राती ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्णरुपमा गर्ने र यस्ता कार्यक्रम गर्दा शान्तिपूर्णरुपमा गर्न भनेको प्रशासनले कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस