सामलिङ पावरको आइपीओ आज बाँडफाँट हुने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सामलिङ पावरको आइपीओ आज बाँडफाँट हुने


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । सामलिङ पावर कम्पनीको आइपीओ आज (मंगलबार) बिहान बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार आज बिहान ८ः३० बजे आइपीओ बाँडफाँट गरिनेछ ।

यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको छ। यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो ।

जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३१.६७ गुणा बढी हो । यद्यपि, अन्तिम तथ्याङ्क भने फरक पर्न सक्छ।

सामलिङले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस