केन्द्रीय सुरक्षा समितिको अनौपचारिक बैठक : भीडभाड कम गर्न आग्रह « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

केन्द्रीय सुरक्षा समितिको अनौपचारिक बैठक : भीडभाड कम गर्न आग्रह


१५ कार्तिक २०७८, सोमबार


काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको अनौपचारिक बैठकले चाडबाडका समयमा भीडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थितरूपमा कार्यान्वयन गराउने निर्णय गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बैठकले सबै सम्बन्धित मन्त्रालय र निकायलाई मापदण्डलाई थप सजगताका साथ पालना गराउन आग्रह गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि निरौलाले जानकारी दिए । उनले लापरबाही गर्दा कोभिड बढेका विगतका अनुभवबाट पाठ सिक्नुपर्ने जनाउँदै हाल निषेधाज्ञा वा कुनै आदेश जारी भने नहुने बताए ।

बैठकमा रक्षामन्त्री डा मीनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा नारायण खड्का, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सामान्य प्रशासन तथा सङ्घीय मामिलमन्त्री राजेन्द्र श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस