अस्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकलाई विदेश यात्राको प्रतिबन्ध हटाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अस्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकलाई विदेश यात्राको प्रतिबन्ध हटाउने


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । अस्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकहरुलाई विदेश यात्राको प्रतिबन्ध हटाउने भएको छ ।

कोरोना महामारीका कारण अनुमति विना समुद्रपार यात्राका लागि लगाइएको प्रतिबन्ध आगामी सातादेखि हटाउने निर्णय अस्ट्रेलिया सरकारले गरेको हो ।

आगामी नोभेम्बर १ देखि कोरोनाको पूर्ण खोप लगाएका कुनै पनि अस्ट्रेलियन नागरिकले विदेश यात्राका लागि अनुमति लिनु पर्ने छैन । तर अस्ट्रेलियामा बस्ने विदेशी नागरिकहरुको हकमा भने अहिले नै उक्त प्रतिबन्ध हट्ने छैन ।

तर सन् २०२१ को अन्तसम्ममा विदेशी दक्ष कामदारलाई पनि स्वागत गर्ने तयारीमा आफूहरु रहेको अस्ट्रेलियाका गृहमन्त्रीले बताएका छन् ।

खोप नलगाएकाहरुको हकमा भने कोभिड नियन्त्रण सम्बन्धी सबै सर्तहरू लागू हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस