रुसमा कोरोना बढेपछि पुनः निषेधाज्ञा लगाइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रुसमा कोरोना बढेपछि पुनः निषेधाज्ञा लगाइने


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ। रुसमा कोरोना सङ्क्रमण दर बढेपछि पुनः निषेधाज्ञा लगाइने भएको छ ।

आगामी नोभेम्बर ७ देखि ३० सम्मका लागि सेन्ट पिटर्सबर्गसहित मुख्य सहरहरूमा पसल लगायतका क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको हो ।

सेन्ट पिटर्सबर्गमा अति आवश्यक खाद्यान्न पसल बाहेक रेष्टुराँ, क्याफे, जीम हल, सिनेमा हल तथा शैक्षिक संस्थाहरु बन्द गरिने छन् ।

सङ्क्रमण दर यही रफ्तारमा बढ्दै गए अन्य सहरहरूमा पनि प्रतिबन्ध लगाउने भन्दै सचेत रहन सर्वसाधारणलाई रुस सरकारले आग्रह गरेको छ ।

रुसमा एकै दिन ३ हजार ३ सय बढीमा सङ्क्रमण पुृष्टी भएपछि रुसले यस्तो निर्णय गरेको हो ।

रुसमा कोरोनाका कारण २ लाख ३० हजार ६ सय बढीको मृत्यु हुँदा सङ्क्रमितको सङ्ख्या हालसम्म ८२ लाख ४१ हजार ६ सय बढी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस