आज पनि केही ठाउँमा पानी पर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज पनि केही ठाउँमा पानी पर्ने


६ कार्तिक २०७८, शनिबार


काठमाडौँ । आज देशभर मौसममा सामान्य बदली भएको छ भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार राति पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने छ ।

यसरी मौसममा सामान्य बदली आई देशका केही स्थानमा पानी पर्ने क्रम सोमबारसम्म कायम रहनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस