सुन प्रतितोला रु ३०० ले वृद्धि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुन प्रतितोला रु ३०० ले वृद्धि


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ ।

छापावाल सुन हिजो (बुधबार) प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुन प्रतितोला रु ९१ हजार २०० मा कारोबार हुनेछ । बुधबार प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला रु २५ ले बढेर आज रु एक हजार २६० पुगेको छ ।

चाँदी बुधबार प्रतितोला रु एक हजार २३५ मा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस