भारतमा एक अर्ब डोजभन्दा बढी कोरोना खोप लगाइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतमा एक अर्ब डोजभन्दा बढी कोरोना खोप लगाइयो


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठुलो सफलता प्राप्त गरेको छ ।

आज (बिहीबार)सम्म भारतमा १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ ।

एक अर्ब डोज खोप पूरा भएको अवसरमा बिहीबार भारतका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरिँदै छ ।

भारतीय स्वास्थ्यमन्त्री मनसुख मान्डवीयले दिल्लीस्थित लालकिलामा कैलाश खेरले गाएको गीत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

भारतले एकै दिन २ करोड ५० लाख डोजभन्दा बढी कोरोना खोप लगाएको थियो । गत सेप्टेम्बर १८ मा भारतमा एकै दिन साढे २ करोडभन्दा बढी डोज कोरोना खोप लगाइएको थियो ।

भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो मुलुक हो । चीनमा भने गत जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो ।

कोरोनाविरुद्धको खोप अभियानका बारेमा जानकारी समेटिएको वेबसाइट को–विन डट जीओभी डट आईएनका अनुसार भारतमा ७५ प्रतिशत वयस्क नागरिकले पहिलो मात्रा लगाएको र करिब ३१ प्रतिशतले खोपको दुवै मात्रा लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस