करेन्ट लागेर सप्तरीमा एकै परिवारका चार जना गम्भीर घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

करेन्ट लागेर सप्तरीमा एकै परिवारका चार जना गम्भीर घाइते


४ कार्तिक २०७८, बिहिबार


करेन्ट

सप्तरी । सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।

सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ मा आज (बिहीबार) बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका हुन् ।

आफ्नै घरको छतमा झुन्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो । त्यो होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो ।

साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजू राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ ।

करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस