चीनमा लगाउन थालियो कोरोना खोपको बुस्टर डोज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चीनमा लगाउन थालियो कोरोना खोपको बुस्टर डोज


४ कार्तिक २०७८, बिहिबार


बेइजिङ । चीनले कोरोनाभाइरसविरूद्ध आफ्ना नागरिकलाई खोपको बुस्टर डोज लगाउन सुरु गरेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ६ महिनाअघि कोरोना खोपका दुवै डोज लगाएकाहरूलाई तेस्रो डोज खोप लगाउन थालिएको हो ।

झन्डै ८० प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको र कोरोनाभाइरसविरुद्ध खोपको प्रतिरक्षा क्षमता घट्दै गएकाले बुस्टर डोजका रूपमा तेस्रो डोज खोप लगाउन थालिएको अधिकारीहरू जनाएका छन् ।

बुस्टर डोजका लागि चीनका विभिन्न प्रान्तहरूमा फरक-फरक मापदण्ड बनाइएका छन् ।

केही ठाउँमा ६० वर्ष मुनिका र संवेदनशील समूहका व्यक्तिहरूलाई बुस्टर डोज दिन थालिएको छ भने कहीँ सबैले बुस्टर डोज लगाउन पाउने व्यवस्था गरिएको छ ।

चीनले आफ्ना नागरिकलाई आफ्नो देशमा बनेका खोप मात्र लगाएको थियो। चीनमा बनेका सबै खोप दुई डोज लगाउनु पर्ने छन् ।

चीनमा बनेका विभिन्न खोप लगाएका चिनियाँहरूले बुस्टर डोज लगाउन थालेपछि चिनियाँ खोप लगाएका अन्य मुलुकका मानिसलाई पनि बुस्टर डोज दिनुपर्ने आवश्यकता देखिएको छ ।

चीनले अहिलेसम्म १ अर्ब ३० करोड डोज भ्याक्सिन विभिन्न मुलुकलाई बेचेको छ भने ८ करोड १० लाख डोज अनुदानमा दिएको छ ।

नेपालले पनि चीनबाट लाखौँ डोज भ्याक्सिन किनेको छ भने केही लाख डोज चीनले अनुदानमा दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस