काँग्रेसले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार दिने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काँग्रेसले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार दिने


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने बताएको हो ।

संयोजक मोहनबहादुर बस्नेतले विज्ञप्ति निकालेर बाढीपहिरोमा परेर मृत्यु भएका प्रति मृतक परिवार २५ हजार राहत उपलब्ध गराइने उल्लेख गरेका छन् ।

काँग्रेसले यसअघि पनि विपदमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको थियो ।

बाढीपहिरो पीडितको उद्धार तथा राहतमा जुट्न पनि संयोजक बस्नेतले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस