एमाले स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमाले स्थायी कमिटी बैठक बस्दै


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज (बिहीबार) अपराह्न ३ बजे बैठक बस्ने भएको हो ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठक बोलाइएको बताए ।

एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको छ ।

राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन् ।

एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताएको छ ।

एमालेको राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १३ गतेसम्म हुनेछ। महाधिवेशन कहाँ गर्ने भन्नेबारे पनि आज छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस