बाढी पहिरो पीडितको उद्धार र राहत सम्बन्धमा डा. महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाढी पहिरो पीडितको उद्धार र राहत सम्बन्धमा डा. महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले बाढी पहिरो पीडितको उद्धार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेर उनले पीडितको उद्धार र राहत सम्बन्धमा ध्यानाकर्षण गराएका हुन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभिन्न जिल्लामा वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधनको क्षति र सवारी दुर्घटनाका विषयमा महतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

आफूसँगको भेटमा जनधन, भौतिक पूर्वाधार र खेतिबालीको क्षतिप्रति प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गरेको उनको भनाइ छ ।

डा. महतले विपद्को समयमा पीडितहरूको उद्धार, पुनः स्थापना र राहतको व्यवस्थाको लागि तीनै तहका सरकारको समन्वयमा राजनीतिक दलका कार्यकर्ताहरु पनि परिचालित हुनुपर्ने आवश्यकता देखिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस