बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न अनेरास्ववियूको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न अनेरास्ववियूको माग


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीले बाढीपहिरो पीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।

बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई नि: शुल्क उपचारको व्यवस्था मिलाउनसमेत अखिल क्रान्तिकारीले माग गरेको छ।

अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। उनले बाढी पहिरोमा परेर बेपत्ता भइरहेकाहरूको खोजी गर्नसमेत माग गरेकी छन्।

बाढी पहिरो प्रभावितलाई तत्काल सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने उनको भनाइ छ। उनले नेता तथा कार्यकर्तालाई बाढी पहिरो प्रभावितको उद्धार कार्यमा जुट्नसमेत निर्देशन दिएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस