बर्दियाका दर्जनौँ बस्ती डुबानमा ‚ करिब पाँच हजार विस्थापित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बर्दियाका दर्जनौँ बस्ती डुबानमा ‚ करिब पाँच हजार विस्थापित


३ कार्तिक २०७८, बुधबार


बर्दिया । अविरल वर्षाका कारण आएको कर्णाली नदीको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा दर्जनौँ बस्ती डुबानमा परेका छन्।

बाढीका कारण यस क्षेत्रका एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन्।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार बाढीबाट एक हजारभन्दा बढी परिवारका करिब पाँच हजार जना विस्थापित भएका छन्।

राजापुरको भदाली नालाबाट पसेको बाढीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ।

गेरुवाको वनकट्टीबाट पसेको बाढीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको प्रजिअ सुनारले जानकारी दिए। बाढीपीडितहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले उद्धार गरेका छन्।

बाढीबाट यस क्षेत्रमा अहिलेसम्म मानवीय क्षति भने नभए पनि घर तथा अन्नबाली भने पूर्णरुपमा नष्ट भएको छ। सुरक्षित स्थानमा सारिएका पीडितहरुलाई स्थानीय तहले व्यवस्थापन गरिरहेका छन्।

अहिले थप उद्धार र राहतका लागि जिल्ला प्रशासन, रेडक्रस, सुरक्षाकर्मीसहितको टोली राजापुरतर्फ गएको प्रजिअ सुनारले बताए।

अहिले कर्णाली नदीमा पानी बहाव घट्दो क्रममा रहेको छ। तर‚ जोखिम भने कायमै रहेकाले नदीमा नुहाउन जाने, काठ दाउरा निकाल्ने र माछा मार्ने जस्ता गतिविधि नगर्नसमेत जिल्ला प्रशासनले अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस