महाकाली नदी बस्तीमा छिर्ने खतरा बढ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महाकाली नदी बस्तीमा छिर्ने खतरा बढ्यो


३ कार्तिक २०७८, बुधबार


कञ्चनपुर । महाकाली नदीले पक्की सडक कटान गरेपछि बाढी बस्तीमा छिर्ने खतरा बढेको छ ।

गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले निर्माणाधीन ६ लेनको पक्की सडक कटान गरेपछि महाकाली नदीको बाढी बस्तीमा छिर्ने खतरा बढेको हो ।

बाढी बस्तीमा छिरेसँगै पछि भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ का चार सय बढी घर परिवार विस्थापित हुने भएका छन् ।

विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

महाकाली नदिमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । हिजो (मंगलबार) ९२ वर्ष यताकै ठुलो जलस्तर महाकाली नदिमा मापन गरिएको छ ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ ।

यसअघि, सन् २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो ।

उता दोधारा चाँदनी नगरपालिकामा अधिकांश घरहरु डुबानमा परेपछि झन्डै तीन सय बढी घरपरिवार विस्थापित भएका छन् ।

विस्थापितलाई विद्यालय तथा अन्य सुरक्षित ठाउँमा राखिएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार महाकाली नदिमा पानीको बहाव साढे तीन लाख क्युसेक मापन गरिएको छ । नदीमा बहाव घट्दो क्रममा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस