दाङको देउखुरीमा बाढीले जिप बगायो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाङको देउखुरीमा बाढीले जिप बगायो


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । दाङको देउखुरीमा बाढीले बोलेरो जीप बगाएको छ।

गढवा गाउँपालिका वडा २ खौरा खोलाले हिजो (मंगलबार) राति ११ बजेतिर बा १७ च ५३४४ नम्बरको बोलेरो जीप बगाएको हो।

उक्त जिपमा पाँच जना सवार रहे पनि तत्काल प्रहरी पुगेर उद्धार गरेको हुँदा कुनै पनि मानवीय क्षति भने हुन नपाएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

गढवाबाट पोखरातर्फ जान लागेको जिप बाढीले बगाएको उनले बताए । आज (बुधबार) बिहान गाडी निकाल्ने प्रयास भइरहेको एसपी काफ्लेले जानकारी दिए।

त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत नर्ती र लमहीका बीचमा एउटा बस दुर्घटनामा परेको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बस सडक किनारामा पल्टिएको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।

बसमा चालक र सहचालक मात्रै रहेको तथा यात्रु लिनको लागि जाँदै गर्दा चिप्लिएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस