काठमाडौँ। उत्तर कोरियाले फेरि नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ ।
समुन्द्र मुनी तैनाथ पनडुब्बीबाट गरिएको सफल परीक्षण अत्याधुनिक प्रविधिको भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
यसअघि सन् २०१६ मा युद्धपोतबाट परीक्षण गरिएको क्षेप्यास्त्र भन्दा शक्तिशाली र आधुनिक भएको बताइएको छ ।
उत्तर कोरियाले हालैका हप्ताहरुमा विभिन्न लामो तथा छोटो दुरीका मिसाइलहरु परीक्षण गरिरहेको छ ।
पछिल्ला परीक्षणहरु अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध लगाइएका मिसाइल पनि रहेको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई व्यालेस्टिक मिसाइल र आणविक हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।







