सुदूरपश्चिममा पहिरो : १३ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिममा पहिरो : १३ जनाको मृत्यु


३ कार्तिक २०७८, बुधबार


कैलाली । सुदूरपश्चिममा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । पहिरोमा परेर सबैभन्दा बढी डोटीमा आठ जनाको ज्यान गएको छ । यस्तै गरेर बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पहिरोमा परी जोरायल गाउँपालिका – ४ का एकै परिवारका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक र १६ वर्षीय रविन विकको मृत्यु भएको हो ।

यस्तै डोटीकै सायल गाउँपालिका –६ खतिवडाको घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिस कुन्जेडाको मृत्यु भएको छ । डोटीकै शिखर नगरपालिका–११ कि ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको छ ।

यस्तै गरेर पहिरोमा परेर जोरायल गाउँपालिका–३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ भात्काडाका ३२ वर्षीय विष्णुप्रसाद अवस्थीको पहिरोबाट च्यापिएर मृत्यु भएको छ ।

डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ ।

त्यस्तै बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार १८ वर्षीया पवित्रा पार्की २४ वर्षीय भानु पार्की र तीन वर्षीय सोम पार्की छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस