अस्वाभाविक रूपमा ब्याजदर बढाउन थालेपछि राष्ट्र बैङ्कको ३ बुँदे नयाँ निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अस्वाभाविक रूपमा ब्याजदर बढाउन थालेपछि राष्ट्र बैङ्कको ३ बुँदे नयाँ निर्देशन


२ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । अस्वाभाविक रूपमा बैङ्कहरूले ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशन जारी गरेको छ । 

विभिन्न बैङ्कहरूले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैङ्कले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैङ्कको ब्याजरदाई अपेक्षित सीमामा राख्न मद्दत गर्ने राष्ट्र बैंककको विश्वास छ ।

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ ।

संस्थागत मुद्दती निक्षेप ९बोलकबोलसमेत० मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने नियम पनि ल्याइएको छ ।

बैङ्क तथा वित्तीय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित गरिसकेको ब्याजदर मा समेत माथिका दुई निर्देशन बमोजिम हुने गरी संशोधन गरी मिति कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्नु पर्ने निर्देशन राष्ट्र बैङ्कले दिएको छ ।
यस्तो ब्याजदर मिति कात्तिक ४ गतेभित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न निर्देशन दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस