सरकारसँग सहमति भएसँगै अनसनरत रुवी खानले तोडिन् अनसन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारसँग सहमति भएसँगै अनसनरत रुवी खानले तोडिन् अनसन


२ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । सरकार र अनसनरत रुवी खानबीच सहमति भएको छ । सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकारले अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको हो ।

सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउनेछ । सहमति लगत्तै गृह मन्त्रालयका पदाधिकारीहरू त्रिवि शिक्षण अस्पताल पुगेर रुवी खानको अनशन तोडाएका हुन् । खानको अनसन तोडाउन गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल र मानवअधिकारकर्मी मोहना अन्सारी त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

उक्त प्रकरणमा अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जबाट रुवी खानसहितका महिला अधिकारकर्मीहरू काठमाडौँ आएर आमरण अनसन बसेका थिए । आन्दोलनको नेतृत्व खानले गरेकी थिइन् । उनी ११ दिनदेखि आमरण अनशनमा थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस