कोटा तोकेर लाइसेन्सको आवेदन खोल्ने विभागको तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोटा तोकेर लाइसेन्सको आवेदन खोल्ने विभागको तयारी


२ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोल्ने तयारी गरेको छ । कोरोना भाइरस माहामारीका कारण गत वैशाख १६ गतेदेखि रहेको लाइसेन्स आवेदन प्रणाली रिव ६ महिनापछि आगामी एक सातापछि खोल्न तयारी भइरहेको विभागले जनाएको छ ।

प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार आवेदन प्रणाली खोल्न अहिले प्राविधिक तयारी भइरहेको छ । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा छन् भने लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु पनि अन्योलमा छन् ।

यसअघि आवेदन दिएकाहरुलाई भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा लिन शुरु गरिएको थियो । प्रवक्ता भुसालका अनुसार अहिले परीक्षामा सहभागी हुन आवेदन दिएका करिब ५ लाख जनाले चालकको परीक्षाको मिति कुरिरहेका छन् ।

प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिइनेछ । कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस