डोटीमा घर भत्किदा दुई बालकको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डोटीमा घर भत्किदा दुई बालकको मृत्यु


२ कार्तिक २०७८, मंगलबार


धनगढी । डोटीमा वर्षाले घर भत्किदा दुई बालकको मृत्यु भएको छ ।

लगातारको वर्षाका कारण घर भत्किदा जिल्लाको सायल गाउँपालिका–६ मा स्थानीय बिरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरमा च्यापिएर उनका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको हो ।

उनीहरुमध्ये एकजनाको शव निकालिएको छ भने अर्काको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस