वैद्यलाई भेट्न उपराष्ट्रपति र गृहमन्त्री नर्भिकमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वैद्यलाई भेट्न उपराष्ट्रपति र गृहमन्त्री नर्भिकमा


२ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न उपराष्ट्रपति नन्द किशोर पुन र गृहमन्त्री बालकृष्ण खाण थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । 

दमको समस्या बढेर आइतवारदेखि अस्पताल भर्ना भएका वैद्यलाई भेट्न उपराष्ट्रपति पुन बिहान साढे ८ बजे अस्पताल पुगेका थिए । वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका पुनलाई नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएका थिए । 

नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । 

उपराष्ट्रपति निस्किए लगत्तै गृहमन्त्री खाण नेता वैद्यलाई भेट्न अस्पताल पुगेका थिए ।  भेटमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देशसमेत वैद्यलाई सुनाए । 

आफू र प्रधानमन्त्रीलेसमेत वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको र उनको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई आग्रह गरेका थिए । 

आइतबार बिहान अस्पताल भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस