महाकालीमा बाढी : खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमन बन्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महाकालीमा बाढी : खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमन बन्द


२ कार्तिक २०७८, मंगलबार


धनगढी । महाकाली नदीमा खतराको सतह नाघेको छ ।

आइतबारदेखि भइरहेको लगातारको वर्षापछि नदीमा पानीले खतराको सतह नाघेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मङ्गलवार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक पुगेको हो ।

नदीमा पानीले खतराको सतह नाघेपछि अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रूपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी र तराईका जिल्लामा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस