बन्दुकधारीको आक्रमणमा परी कम्तीमा ३० को मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बन्दुकधारीको आक्रमणमा परी कम्तीमा ३० को मृत्यु


१ कार्तिक २०७८, सोमबार


लागोस । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

देशको उत्तरपश्चिम क्षेत्रमा पर्ने सोकोटो राज्यमा आइतबार राति बन्दुकधारीहरूले आक्रमण गरेको सरकारी अधिकारीहरूले सोमबार जनाएका छन् ।

प्रदेश गर्भनर अमिनु वाजिरी ताम्बुवालले सोमबार जारी गरेको वक्तव्यका अनुसार प्रदेशअन्तर्गतको गोरोन्यो सहरमा उनीहरूले आक्रमण गरेका हुन् ।

“आक्रमणस्थलमा गोरोन्यो स्थानीय सरकारको मुख्य कार्यालय रहेको थियो, घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ,” वक्तव्यमा लेखिएको छ ।

प्रत्यक्षदर्शीहरूले मोटरसाइकलमा १५० देखि २०० को सङ्ख्यामा आएका आक्रमणकारीहरूले आक्रमण गरेर भागेको जानकारी दिएका छन् ।

‘आक्रमणकारीहरू मोटरसाइकलमा आएर बजारको भीडभाडमा पसे, अनि अन्धाधुन्द गोली चलाएर भागे,’ एक प्रत्यक्षदर्शीले भने ।

आक्रमण गर्ने, हत्या गर्ने, अपहरण गर्ने लगायतका घटनाहरू धेरै हुँदै गएकाले यस क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको स्थानीयको भनाइ छ ।

उनीहरूले घना बस्ती भएको यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न पनि सरोकारवालाहरूसँग माग गरेका छन् ।

नाइजेरियाका विभिन्न ठाउँमा पछिल्लो समय बन्दुकधारीहरूको आक्रमणका घटना बढ्दै गएको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस