हिन्दू मन्दिरमा भएको आक्रमणको छानबिन गरी दोषीलाई कारबाही गर्ने बंगलादेशकी प्रधानमन्त्रीको चेतावनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हिन्दू मन्दिरमा भएको आक्रमणको छानबिन गरी दोषीलाई कारबाही गर्ने बंगलादेशकी प्रधानमन्त्रीको चेतावनी


१ कार्तिक २०७८, सोमबार


काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोमिलामा हिन्दू मन्दिरमा आक्रमण गर्नेहरुलाई कारबाही गरिने चेतावनी दिएकी छन्।

गत बुधबार कुरानको कथित अपमान भएको भन्दै हल्ला चलाइएपछि कोमिला र चाँदपुरलगायत देशका धेरै स्थानका मन्दिरहरु र दुर्गा पूजा स्थलहरुमा आक्रमण भएको थियो।

हसिनाले दुर्गा पूजा स्थलमा भएको आक्रमणको छानबिन गरिने र कुनै अपराधीलाई नछाड्ने बताएकी छन्। बंगलादेशको चाँदपुरमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको थियो।

बंगलादेशमा अल्पसंख्यक हिन्दूहरुले दूर्गा पूजा गरिरहेका अवस्थामाआक्रमण भएपछि हिन्दू मन्दिर एवं हिन्दूहरुमाथिको आक्रमण झनै बढेको छ।

यही क्रममा राजधानी ढाका र नोआखलीमा शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको थियो। उक्त झडप ढाकाको पल्टनका बैतुल मुकर्रम मस्जिद, ककरैल इलाका र नोआखलीको चौमूहनीमा शुक्रवारको प्रार्थनापछि भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस