नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले लिए महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले लिए महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी


१ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको स्वास्थ्य अवस्थवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए । दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस