शेयर कारोबारमा दोहोरो अङ्कको सुधार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

शेयर कारोबारमा दोहोरो अङ्कको सुधार


३१ आश्विन २०७८, आइतबार


काठमाडौँ । दसैँ बिदा पछिको पहिलो दिन शेयर कारोबारमा दोहोरो अङ्कको सुधार आएको छ । 

डेढ अर्बमा सीमित भएको कारोबारमा नेप्से १७ अङ्कले उकालो लागेर २६ सय ५६ पुग्यो ।

सामूहिक लगानी कोष बाहेक अरू सबै समूहमा हरियाली छाएको छ । 

बिमा र होटेल तथा पर्यटन समूहमा सय अङ्क माथिको वृद्धि आउँदा अरू समूह पनि अधिकांश समूह दोहोरो अङ्कले उक्लिए ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २ सय १८ कम्पनीको ४७ लाख ६० हजार कित्ता शेयर १ अर्ब ४९ करोडमा किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस