बढी भाडा असुल्ने ५ वटा सुमो नियन्त्रण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बढी भाडा असुल्ने ५ वटा सुमो नियन्त्रण


३१ आश्विन २०७८, आइतबार


मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने ५ वटा सुमो नियन्त्रणमा लिएको छ ।

गत असोज ३० र ३१ गते हेटौँडाबाट गन्तव्यतर्फ जान हिँडेका यात्रीसँग तोकिएभन्दा बढी भाडा असुल्ने ५ वटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जनाएका छन् । 

प्रहरी निरीक्षक दासका अनुसार यात्रीहरूको गुनासो र चेकजाँचका क्रममा मकवानपुर भएर चल्ने ना १ ज १७५२, ना १ ज ७४४०, ना १ ज २०८८, ना १ ज ६४०३ र ना १ ज ५०७६ नम्बरको सुमोलाई नियन्त्रणमा लिइएको हो ।

यात्रीहरूलाई विभिन्न स्थानमा पु¥याउने जिम्मेवारी लिएका ती सुमोले सरकारले तोकेको भाडा दरभन्दा दोब्बरसम्म बढी रकम लिएको पाइएको प्रहरीको भनाइ छ । 

नियन्त्रणमा लिइएका ती सुमोलाई बढी भाडा फिर्ता गराएर ट्राफिक नियम अनुसार जरिवाना तिराउने वा यातायात विभाग पठाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस