दसैँको टिका थाप्ने क्रम जारी, सरकारी कार्यालय आजबाट खुल्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दसैँको टिका थाप्ने क्रम जारी, सरकारी कार्यालय आजबाट खुल्दै


३१ आश्विन २०७८, आइतबार


काठमाडौँ । विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्सीवाद लिने क्रम जारी छ ।

विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढा टाढा भएकाहरूले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा रही आएको छ ।
यद्यपि पश्चिमी नेपालमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । 

घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भवानीको पुजा आराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

यसैबिच दसैँको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरू आजबाट खुल्दै छन् । फूलपातीको दिनदेखि ५ दिनसम्म दसैँ बिदा मनाएकाहरू आजबाट नियमित कार्यालयमा फर्किनेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस