भारतीय उच्च सैनिक टोली काठमाडौँमा, प्रधानमन्त्रीलाई भेट्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय उच्च सैनिक टोली काठमाडौँमा, प्रधानमन्त्रीलाई भेट्दै


३० आश्विन २०७८, शनिबार


काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा डिफेन्स कोर्ष गरिरहेका भारतीय सैनिक अधिकारीहरूको टोली नेपाल आएको छ । भारतीय जल सेनाका वरिष्ठ सैनिक अधिकारी धिरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोली शनिवार काठमाडौँ आएको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सो टोली कार्तिक ६ गते सम्म नेपालमा रहने छ । नेपाल बसाइका क्रममा उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षा मन्त्री मिनेन्द्र रिजाल, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम छ ।

टोलीले जङ्गी अड्डा भद्रकाली, पोखरास्थित मध्य–कमान्ड हेड क्वाटर, शिवपुरी स्थित कमान्ड तथा स्टाफ कलेजको अध्ययन भ्रमण गर्ने छ । उक्त टोली धार्मिक एवं पर्यटकीय क्षेत्रमा समेत जाने छ । उक्त टोलीले पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, नाम्चे स्थित होटेल एभरेस्ट भ्यु र चन्द्रागिरिको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।

कमान्ड तथा स्टाफ कलेज गर्ने क्रममा भारतीय र नेपाली सैनिक अधिकारीहरू एक अर्को मुलुक भ्रमण गर्ने परम्परा छ । सोही परम्परा अनुसार भारतीय टोली काठमाडौँ आएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस