फिस्टेलको हेलिकप्टर आकस्मिक अवतरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फिस्टेलको हेलिकप्टर आकस्मिक अवतरण


३० आश्विन २०७८, शनिबार


काठमाडौँ । फिस्टेल एयरको हेलिकप्टर सुनसरीको इनरुवामा आकस्मिक अवतरण गरिएको छ । 

काठमाडौँबाट विराटनगरका लागि उडेको हेलिकप्टर समयमा शनिवार साँझ ६ः४० मा इनरुवाको सखुवागाछी नजिक खाली जग्गामा आकस्मिक अवतरण भएको हो । 

तोकिएको समयमा विराटनगर नपुगेपछि एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार सखुवागाछी भन्ने ठाउँमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

हेलिकप्टरमा चालक दलका सदस्यसहित चार जना सवार रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस