प्रदेश १, २ र बागमतीका स्थानहरूमा हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १, २ र बागमतीका स्थानहरूमा हल्का वर्षाको सम्भावना


३० आश्विन २०७८, शनिबार


काठमाडौँ । देशका केही भू-भागमा आज वर्षा हुने मौसम जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालका केही स्थानमा वर्षाको सम्भावना बढेको हो ।

प्रदेश १, २ र बागमतीका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

अहिले लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस