अमेरिकी र चिनियाँ राजदूतले पनि मनाए दसैँ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अमेरिकी र चिनियाँ राजदूतले पनि मनाए दसैँ


२९ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होऊ यान्छीले दसैँ मनाएका छन्। उनीहरू दुवै जनाले विजया दशमीको टीका र जमरा लगाउँदै दसैँ मनाएका हुन् । 

अमेरिकी राजदूत बेरीले परिवार र साथीसंगीसँग दसैँका तस्बिर राख्दै लेखिएको छ –’तपाईँको दसैँवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ? राजदूत बेरी, युएसएड मिसनका निर्देशक र परिवारका सदस्यहरूको भने यस्तो देखिन्छ।’

त्यस्तै चिनियाँ राजदूत यान्छीले पनि आफ्नो ट्विटर अकाउन्टमा दसैँका तस्बिरहरू पोस्ट गरेकी छन्। 

उनले लेखेकी छन्– ‘मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुसी छु। सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य र उन्नतिको लागि मङ्गलमय शुभकामना व्यक्त गर्छु।’

Tags :
प्रतिक्रिया दिनुहोस