२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना प्रभावितलाई उद्यमी बनाउन अनुदान

अ+ अ-

वालिङ । कोरोनाको सङ्क्रमणका कारण रोजगारी गुमाएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ ।

रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ कारुपमा २० जनालाई जनही रु ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।

यसअघि पनि गतवर्ष २० जनालाई रु ५० हजारका दरले अनुदान उपलब्ध गराएको थियो । कोरोना सङ्क्रमणका कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको र सोही कोषमार्फत सहयोग गर्दै जाने प्रमुख खाँणले बताए ।

नगरपालिकाले व्यवसाय वा उद्यम गर्न चाहने नागरिकले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाई कार्यान्वयनमा ल्याएको छ । विशेष गरी उत्पादन तथा नवप्रवर्तनको सोच राखेका युवायुवतीलाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराउने भएको हो । विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवा युवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धि गर्न ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिने प्रमुख खाँणको भनाइ थियो ।

कोरोनाभाइरस प्रभावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवालाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ कारुपमा गतवर्षदेखि नगद अनुदान दिन थालिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताए ।

व्यवसाय तथा उद्यम सञ्चालनका लागि युवामा भएको रचनात्मकतालाई उजागर तथा प्रोत्साहित गर्न प्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरी सञ्चालन गरिएको अध्यक्ष तिवारीले जानकारी दिए । उक्त कोषमार्फत विशेष राहत प्याकेज उपलब्ध गराइ युवालाई उद्यमी बनाइने भएको हो ।

कोरोना सङ्क्रमणका कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याइ उनीहरुलाई उद्यमी बनाइ आत्मनिर्भर बनाउने मुख्य उद्देश्य रहेकोले कोषमार्फत सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडिपी) नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।