अल्मुताइरीले भने- …अनि कहिल्यै नेपाल फर्किन्न « प्रशासन
Logo ९ कार्तिक २०७८, मंगलबार
   

अल्मुताइरीले भने- …अनि कहिल्यै नेपाल फर्किन्न


२७ आश्विन २०७८, बुधबार


काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि आफू नेपाल नबस्ने बताएका छन् ।

आफ्नो नेतृत्वमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् । नेपालले बुधवार भएको बङ्गलादेश विरुद्धको खेलमा एक एक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने भनेका हुन् । 

‘म नोकर होइन, प्रशिक्षक हुँ,’ अब्दुल्लाहले भने, ‘फाइनल नेपालबाट मेरालागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस