नेकपा एसका अध्यक्ष नेपाल र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसका अध्यक्ष नेपाल र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट


२६ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ भेटवार्ता भएको छ । 

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटका अवसरमा अध्यक्ष नेपालले नवनियुक्त राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् भने फ्रान्सेली राजदूतले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बिचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने कुरा बताए । 

उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस