मोतीपुर घटनाको विश्लेषण गर्न गृहमा सुरक्षा समितिको बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोतीपुर घटनाको विश्लेषण गर्न गृहमा सुरक्षा समितिको बैठक


२५ आश्विन २०७८, सोमबार


काठमाडौँ । मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्नेहरु र प्रहरीबीच झडपको घटनापछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति रहेको छ ।

गृहमन्त्री खाँणले कुनैपनि हालतमा औद्योगिक क्षेत्रको जग्गालालई अतिक्रमण गर्न नदिन आवश्यक सुरक्षा व्यवस्थापन मिलाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको सहभागी एक अधिकारीले बताए ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सुकुम्बासी समूहले पेट्रोल बम प्रहार गरेपछि सुरक्षाकर्मीको जवाफी कारवाहीमा गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने ४९ प्रहरी र १६ सर्वसाधारण घाइते भएका थिए । घाइते मध्ये ४ सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

झडपपछि मोतीपुर क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस