प्रधानमन्त्री देउवाद्वारा निर्माणाधीन पोखरा विमानस्थलको निरीक्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री देउवाद्वारा निर्माणाधीन पोखरा विमानस्थलको निरीक्षण


२५ आश्विन २०७८, सोमबार



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

आज (सोमबार) कास्की आइपुगेका प्रधानमन्त्री देउवाले सोमबार बिहान विमानस्थलको निरीक्षण गरेका हुन् ।

आज बिहान १० बजे पोखरा पुगेका देउवाले बिहानसम्म कार्यकर्ता भेटघाटमा व्यस्त थिए । कार्यकर्ता भेटघाटपछि विमानस्थलको निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री देउवा पोखरामा निर्धारित कार्यक्रम सकेर आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस