प्रदेश-२ का जसपाका मुख्यसचिव शम्भु झाले दिए राजीनामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश-२ का जसपाका मुख्यसचिव शम्भु झाले दिए राजीनामा


२४ आश्विन २०७८, आइतबार


जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ का मुख्यसचिव शम्भु झाले राजीनामा दिएका छन् ।

झाले मुख्य सचिवसहित पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन् ।

‘यो पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पूर्ण जिम्मेवारी वाट राजीनामा दिएको छु’ झाले बताएका छन् ।

जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिनासम्म काम गरेको बताउँदै झा आफ्नो योग्यता र क्षमता भन्दा ठुलो पद आफूले पाएको बताए । ‘म आफ्नो कार्यकालका प्रदेश अध्यक्ष रेणु यादव र विजय यादवप्रति सदैव ऋणी रहिरहनेछु’ उनले भनेका छन् ।

प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला उनले पार्टीबाट राजीनामा दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस