हमालको राजीनामा जनताकै भावना अनुसार : नेता श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हमालको राजीनामा जनताकै भावना अनुसार : नेता श्रेष्ठ


२४ आश्विन २०७८, आइतबार


धनुषा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनताका भावना विपरीत मन्त्री नियुक्त हुँदा दुई दिन नबित्दै राजीनामा दिने अवस्था आएको बताएका छन् ।

नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा जनताकै भावना अनुसार भएको उनले बताए ।

जनकपुर विमानस्थलमा नेता श्रेष्ठले संविधानमा गैर सांसदलाई मन्त्री बनाउने व्यवस्था अनुरुप बनाएको भए पनि जनताको ‘म्यान्डेट’ अनुसार राजीनामा गर्ने अवस्था आएको बताए ।

राजीनामा दिने गरी मन्त्री किन बनाइयो जनताले प्रश्न गर्नेछन्, नेता श्रेष्ठले भने, ‘संविधानमा रहेको प्रावधान अनुसार गैर सांसदलाई मन्त्री बनाइयो । तर प्रावधानको औचित्य पुष्टि गर्न सक्नुपर्थ्यो ।’

गठबन्धनको आन्तरिक समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको उनले बताए । सर्लाहीको लालबान्दीमा वाईसीएलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेता श्रेष्ठ आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस