महिला लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महिला लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्ने


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७ र ७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रार्थना समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मिति २०७८ असोज २२ गते बसेको सञ्चालक समितिको ३५औँ बैठकले आ. व. २०७७ र ७८ को वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजी १० करोडको ४५ प्रतिशत अर्थात् ४ करोड ५० लाख बराबरको बोनस शेयर तथा ५ प्रतिशत अर्थात् ५० लाख बराबरको नगद लाभांश (कर प्रार्थना समेत) वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति भए पश्चात् साधारण सभाको छलफलमा समावेश गरिनेछ।

प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र योग्य शेयरधनीले सो लाभांशमा दाबी गर्न पाउनेछन्।

लघुवित्तले शेयरधनीलाई पहिलो पटक नै आकर्षक लाभांश वितरण गरेको हो । चार वर्षअघि स्थापित कम्पनीले गत माघमा सर्वसाधारणमा ४ लाख कित्ता आइपिओ बिक्री गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस