ढाँट्ने कामको जिम्मा ओलीलाई दिऊँ, काँग्रेसलाई सुहाउँदैन : नेता थापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ढाँट्ने कामको जिम्मा ओलीलाई दिऊँ, काँग्रेसलाई सुहाउँदैन : नेता थापा


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले इतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने बताएका छन् ।

उनले गल्ती गर्ने छुट काँग्रेसलाई नभएको बताएका छन् । ‘गजेन्द्र हमालले राजीनामा दिनुभयो, एकदम राम्रो भयो,’ उनले भने, ‘उहाँको परिवारको योगदान काँग्रेसले कहिल्यै बिर्सन सक्दैन तर ढाँट्ने र उज्यालोमा जवाफ दिन नसक्ने काम काँग्रेसले गर्नै मिल्दैन ।’

उनले ढाँट्ने र छलकपट गर्ने कामको जिम्मा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दिनुपर्ने बताए ।

‘हामी केपी ओली होइनौँ ढाँटिरहनका लागि,’ उनले भने, ‘ढाँट्ने र छल्ने कामको जिम्मा केपी ओलीलाई नै दिऊँ । काँग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगरौँ ।’

काठमाडौँमा भएको एक कार्यक्रममा आइतबार बिहान थापाले यस्तो बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस