भारतसँग जोडिएको सर्लाहीका मुख्य सीमा नाका खुला « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भारतसँग जोडिएको सर्लाहीका मुख्य सीमा नाका खुला


२४ आश्विन २०७८, आइतबार


सर्लाही । गत वर्ष चैत्रबाट बन्द रहेको जिल्लाको सीमा नाका औपचारिक रूपमा खुला गरिएको छ ।

सदरमुकाम मलङ्वा स्थित गोरखकाली नाका औपचारिक रूपमा सुचारु भएसँगै आवत जावतमा सहज भएको छ । नेपाल सरकारले केही दिन पहिले मात्रै नाका सुचारु गर्ने निर्णय गरेका थियो ।

तर, भारततर्फका सुरक्षा बलले सीमामा ढाट तेर्साएर बस्दा नाका खुला गर्न सकिएको थिएन । शनिबारबाट दुवै देशमा सवारी तथा पैदल मुख्य नाकाबाट आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

यसअघि औपचारिक रुपमा नाका नखुले पनि खेत खोला खोल्सी भएर सर्वसाधारणले आवत जावत गरिरहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस