२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइएसविरुद्ध लड्न अमेरिकासँग कुनै सहयोग नलिने तालिबान सरकारको घोषणा

अ+ अ-

काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले बढ्दै गएको आतङ्कवादी गतिविधिविरुद्ध लड्न अमेरिकी सहयोग नलिने भएको छ ।

कतारको राजधानी दोहामा आयोजित अमेरिका र तालिबान प्रतिनिधिबीचको दुई दिवसीय वार्तामा तालिबानले आतङ्कवादविरुद्धको लडाइँमा अमेरिकी सहयोग नलिने बताएको हो ।

गत अगस्टमा अमेरिकी सेना फर्किए लगत्तै सत्ता सम्हालेको तालिबानले मुलुकमा बढ्दै गएको आतङ्कवादी गतिविधिविरुद्ध आफूहरु नै सक्षम रहेको बताएको हो ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुँदै गर्दा आईएससँग जोडिएको स्थानीय एक आतङ्कवादी सङ्गठनले झन्डै २ सय मानिसको ज्यान जाने गरी विमानस्थलमा बम आक्रमण गरेको थियो ।

बम आक्रमणपछि अमेरिकाले ड्रोन कारबाही गरेको थियो। अमेरिकी कारबाहीमा आइएसको आक्रमणका योजनाकार मारिएको अमेरिकाले बताएको थियो। साथै अमेरिकी आक्रमणमा काबुलको एक निर्दोष परिवारका व्यक्तिहरु पनि मारिएका थिए ।

पछिल्लो पटक शुक्रबार आईएसकै स्थानीय सङ्गठनले गरेको आत्मघाती बम आक्रमणमा ६० जनाभन्दा बढी मानिस मारिएका थिए ।

कुन्दुज प्रान्तमा रहेको एक शिया मस्जिदमा आक्रमण हुँदा २ सयभन्दा बढी मानिस घाइते भएको बताइएको थियो । दोहामा हिजो सुरु भएको अमेरिकी अधिकारीहरुसँगको वार्तामा तालिबान प्रतिनिधिहरुले अफगानिस्तानमा हुने आतङ्कवादी गतिविधिविरुद्ध आफूहरु लड्न सक्षम रहेको जवाफ दिएको जनाइएको छ ।

तालिबान प्रवक्ता सुहैल शाहीनले आईएसविरुद्ध आफूहरु नै लड्ने बताएका हुन् । सन् २०१४ देखि आईएसले पूर्वी अफगानिस्तानमा शिया मुसलमानहरुलाई निशाना बनाएर आत्मघाती आक्रमण गर्दै आएको छ ।