लद्दाखमा शान्ति बहालीका लागि आज भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लद्दाखमा शान्ति बहालीका लागि आज भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदै


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । भारतको लद्दाखमा शान्ति बहालीका लागि आज चीन र भारतबीच उच्चस्तरीय वार्ता हुने भएको छ । चीन र भारतको सीमा मोल्डोमा हुन लागको दुई पक्षबीचको यो १३ औँ वार्ता हो ।

भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई पटक पटक गरेको आग्रह अटेर गर्दै गरेपछि भारतले आजको वार्तामा चीनलाई सेना फिर्ताका लागि थप दबाब दिने भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

यसअघि गत जुलाई ३१ मा यी दुई समूहबिच कमान्डर स्तरमा १२ औँ वार्ता भएको थियो ।

९ घण्टा सम्म भएको वार्तामा लद्दाखको हट स्प्रिंग्स, गोगराबाट चिनिया सैनिक हटाउन भारतले गरेको आग्रह चीनले अटेर गरेपछि भारत चीनसँग थप असन्तुष्ट बनेको थियो ।

पछिल्लो समय भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वांग यीबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तामा भारतीय विदेशमन्त्री एस जयशंकरले लद्दाखको विवाद समाधानका लागि एकपक्षीय परिवर्तनले काम नगर्ने भन्दै चीनलाई सेना फिर्ता गर्न दबाब दिएका थिए ।

भारत र चीनबीच लद्दागको विषयमा पटक पटक बैठक बसेपनि समस्याको समाधान हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस