भारतमा किसान हत्या आरोपमा केन्द्रीय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्रा पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा किसान हत्या आरोपमा केन्द्रीय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्रा पक्राउ


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ। भारतको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको हिंसाका मुख्या आरोपित केन्द्रीय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्रा पक्राउ परेका छन् ।

मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टि भएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले नियन्त्रणमा लिई १२ घण्टासम्म सोधपुछ गरेपछि उनी दोषी ठहर भएका हुन् । उनी विरुद्ध व्यक्ति हत्या, र गैर हत्याको अभियोगमा मुद्दा चलाइने भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

केही साता अघि भारतको लखिमपुर खिरीमा क्षेत्रमा किसानको आन्दोलनका क्रममा उनले आफ्नो गाडीले किचेर ४ जनाको हत्या गरेका थिए । सो क्षेत्रमा किसानहरुले गरेको विरोध प्रदर्शनका क्रममा ८ जनाको मृत्यु भएको थियो ।

किसान नेता राकेश टिकैतले घटना लगत्तै मिश्रालाइ पक्राउ गर्न दबाब दिँदै आएका थिए । किसानहरुले चार वटा माग राखेर आन्दोलन जारी राखेकै बेला सो घटना भएको हो ।

भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानुनको विरोधमा गत वर्षदेखि नै आन्दोलन हुँदै आएको छ । पन्जाब, हरियाण, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसानहरु आन्दोलनमा सहभागी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस